Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाबाट समयमै योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान

शहिद लखन गाउँपालिकाबाट समयमै योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान

images

इच्छाकामना न्युज

२८, मंसिर २०८१
शहिद लखन गाउँपालिकाबाट समयमै योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान
images

गोरखा, मङ्सिर २८ गते । गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता समितिलाई प्रमाणपत्र र दोसाल्ला र कदरपत्रले सम्मान गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार वडामा चालु आर्थिक वर्षमा कुल १९ वटा योजना छन् । जसमध्ये १४ वटा योजना उपभोक्ता समिति मार्फत गर्नु पर्ने छ, श्रेष्ठले भन्नुभयो, “हालसम्म दुई वटा योजना सम्पन्न भइसक्यो चार वटा अन्तिम चरणमा रहको साथै बाँकी योजना ६० प्रतिशत काम अघि बढीसक्यो ।”

वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर उपभोक्ता समिति गठन गरी काम सम्पन्न गर्न सफल समितिलाई प्रोत्साहन स्वरुप वडामा आएका आगमी योजनाहरु निष्पक्ष पूर्वक काम गरी वडामा विकसित वडा बनाउने अभियानमा सबैको सहयोग र साथले मात्र सम्भव भएकाले सम्मान गर्ने कार्यक्रम राखिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यस वर्ष गाउँपालिकाबाट स्वीकृत योजना तथा कार्यक्रममध्ये बनकाली गरन्जा गाउँ हुँदै सुसारे गाउँ सडक स्तरन्नति योजना उपभोक्त समितिले वडामा पहिलो पटक योजना सम्पन्न गरी रकम भुक्तानी लिएको वडा कार्यालले जनाएको छ ।

त्यस्तै अर्को योजनाअन्र्तगत मास्की छाप भुपु सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समितिले वडामा योजना सम्पन्न गरी भुक्तानी लिने दोस्रो उपभोक्ता समितिको सम्मानित भएको छ । वडा कार्यालयले वडाको सामाजिक तथा विकास निर्माणको काममा योगदान पु–याएकाले उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडामा भएको सबै योजना आर्थिक वर्ष अगाबै २०८१ साल चैत महिनाको मसान्तसम्म योजना सम्पन्न गरी सबै उपभोक्तालाई भुक्तानीसहित सम्मान गरिने योजना रहेको वडा कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २२:०१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology