Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा

मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा

images

इच्छाकामना न्युज

२८, मंसिर २०८१
मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा
images

गुणबहादुर रोका


सुलीकोट, मङ्सिर २८ गते ।
 गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको  सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो ।

जिल्ला खेलकुद विकास समिति गोरखाले गोरखा सदरमुकाममा शुक्रबार पत्रकार सम्मेलन गर्दै झण्डै ४२ किलोमिटर म्याराथनमा देशभरिबाट म्याराथन धावकहरु २२५ जना सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो ।

नेपालका म्याराथन खेलाडी टीकाबहादुर बोगटीको प्राविधिक सहयोगमा शनिबार बिहान ८ः१५ बजे एक कार्यक्रमका बिच मनकामना मन्दिरको प्राङ्गणबाट सुरु हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतका अनुसार मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्म १० स्थानमा हेल्प डेस्क र म्याराथन खेलाडीहरुको लागि दृष्टिगत गर्दै ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

म्याराथनमा सहभागीहरुलाई थाकेर निर्धारित समयमा दूरी पार गर्न नसक्नेलाई पनि २ वटा बसको व्यवस्था गरिएको छ । म्याराथानमा १० भन्दा बढी राष्ट्रिय स्तरका धावकहरु सहभागी हुने भएका आयोजकले जनाएको छ ।

म्याराथनमा सहभागी भई प्रथम, द्वितीय, तृतीय हुनेलालाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बस्नेतको भनाइ छ । यसैगरी सहभागी भएका १० जना धावकलाई नगद पुरस्कार  व्यवस्था गरिने बताइएको छ ।

म्याराथानमा सहभागी भएकामध्ये गोरखा जिल्लाबाट सहभागी भएका धाबकले निर्धारित दूरी पार गरेको खण्डमा नगद १२ हजार र धावकमध्ये सबैभन्दा कम उमेर भएको धावकलाई पनि १२ हजार प्रदान गरिने भएको छ ।

म्याराथनमा हालसम्म सबैभन्दा बढी ६३ वर्ष र सबैभन्दा कम १५ वर्षका धावकले नाम दर्ता गराएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:५७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology