Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री

तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री
images

अमरराज नहर्की


तनहुँ, मङ्सिर २१ गते । 
तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री भएको छ । वडा नम्बर–३ का किसानले बिक्री गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको बासिन्दाले सो मूल्यभन्दा बढीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् सुन्तला कृषक भिमबहादुर रानाले यस वर्ष ३० लाख रुपियाँमा ठेकदारले बैना मारेको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुन्तला कम फलेको रानाले जानकारी दिनुभयो ।

सुन्तला एक वर्ष बढी र एक वर्ष कम फल्ने गरेकाले यस वर्ष घटेको रानाले बताउनुभयो । रानाले भन्नुभयो, ‘‘गत वर्ष ४५ लाखभन्दा बढीको बिक्री भएको थियो । यस वर्ष कम फलेकाले १५ लाख घटेर ३० लाख आम्दानी हुने देखिएको छ ।’’

अध्यक्ष राना वडा नम्बर ३ का किसानले मात्रै तीन करोडभन्दा बढी आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । लुङग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको  उहाँले जानकारी दिनुभयो । कृषक प्रेम थापाले सुन्तला उत्पादक किसानलाई बजारसम्म लैजान समस्या पर्दै आएको बताउनुभयो । नदी पारी रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशुली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान सास्ती भएको थापाले बताउनुभयो ।

उहाँका अनुसार लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।

थापाले भन्नुभयो, ‘‘पुल नहुँदा ढुवानी खर्च महँगो परेको छ ।’’ नाल्दीमा पुलको योजना परेको थियो । तर तनहुँ जलविद्युत आयोजनाको तल्लो सेती जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले गर्दा उक्त पुलको योजना पनि स्थगित समस्या परेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको तर पक्की पुल नहुँदा समस्या परेको बताउनुभयो । नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल नहुँदा समस्या परेको उहाँले जानकारी दिनुभयो । नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामाकरण गरि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको स्रोतले बाटो बनाए पनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाको भनाइ छ । किसानलाई प्रोत्साहन गर्न काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताउनुभयो । त्यहाँ उत्पादित बिरुवा किसानहरुलाई निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  अध्यक्ष थापा वडा नम्बर १, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर चितवनको नारायणगढसम्म लैजानु पर्थ्यो । तर हाल गाउँपालिकाले गाउँमा सडक पुर्‍याएको अध्यक्ष थापा बताउनुहुन्छ । नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच नपुगेको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - २२:५१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology