चितवन, ३ फागुन । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले चितवन सहित देशभरका ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस चरणवद्ध आन्दोलनमा छ । आन्दोलनकै क्रममा आज देशभरका ७७ जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।
यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ। संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको हो । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो।
यता चितवनको सभालाई सम्बोन्धन गर्न कांग्रेस युवा नेता गगन थापा आउने भएका छन्।