Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द

ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द
images

मङ्सिर २० गते । गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ ।

सहिद लखन गाउँपालिकाको वडा नम्बर ४ ताक्लुङदेखि गण्डकी गाउँपालिका–१ बुटारसम्म १२ किलोमिटर सडक खण्ड ७ दिनका लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका–४ का अध्यक्ष यामबहादुर थापा मगरले जानकारी दिुनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पोखराको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ करोड रुपियाँमा सडक स्तराेन्नति गर्ने काम भएकाले ताक्लुङदेखि राईनास बुटार जाने चोकसम्म सवारी आवागमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारीसाधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

उक्त सडक बाटो भएर यात्रा गर्ने यात्रुलाई केही दिनका लागि असहज भए पनि केही दिनपछि सडक स्तराेन्नति भएपछि ताक्लुङदेखि गण्डकी गाउँपालिकाको बुटारसम्म आवतजावत गर्न सहज बनाइने गाउँपालिकाद्वारा बिहीबार निकालिएको सूचनामा भनिएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १५:२८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology