Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

हात भाँचिएपछि उपचार अभावमा रहेका देवघाटका राम भुजेलको तेस्रो शल्यक्रिया सफल

हात भाँचिएपछि उपचार अभावमा रहेका देवघाटका राम भुजेलको तेस्रो शल्यक्रिया सफल

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
हात भाँचिएपछि उपचार अभावमा रहेका देवघाटका राम भुजेलको तेस्रो शल्यक्रिया सफल
images

भरतपुर । हात भाँचिएपछि पनि उपचार अभावमा रहेका तनहुँका ११ वर्षीय रामबहादुर भुजेलको तेस्रो शल्यक्रिया सफल भएको छ । चितवनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा भुजेलको उपचार गरिएको हो ।

आर्थिक अभावका कारण लामो समयसम्म उपचार नपाएका भुजेललाई विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि एलाइभ हस्पिटलले निःशुल्क उपचार गराइदिएको हो ।

लडेर भाँचिएको दाहिने पाखुराको हड्डी नै कुहिएपछि त्यसलाई फालेर उपचार थालिएको हस्पिटलले जनाएको छ । हस्पिटलका प्रमुख एवं वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रमोद लामिछानेको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा. अनिल भट्टराई, डा. सन्तोष कुँवरलगायतले भुजेलको उपचार गरेका हुन् । शल्यक्रियापछि आइतबार उनी ‘डिस्चार्ज’ भएका छन् ।

‘हाललाई शल्यक्रियापछि पाखुरामा स्टील राखिएको छ’, उनले भने, ‘घाउ ठीक नभएसम्म नियमित फलोअपमा रहनुपर्छ ।’ डा. भट्टराईका अनुसार भुजेलको दुई महिनाअघि पनि शल्यक्रिया गरिएको थियो । भुजेलको उपचार प्रक्रिया लामो हुने हुँदा अझै केही महिनासम्म अस्पतालको निगरानीमा रहनुपर्ने डा. भट्टराईले जानकारी दिए ।

चितवनमा उपचार पाउने भएपछि भुजेल समाजसेवा समिति चितवनले उनको उपचारमा अभिभावकत्व प्रदान गर्दै आएको छ । बालक रामबहादुर भुजेल समितिका अध्यक्षसँग बस्दै आएका छन् । उनले बालकको उपचार र पालनपोषणसँगै शिक्षादीक्षाका लागिसमेत योगदान दिँदै आएका छन् ।

हात भाँचिएपछि विद्यालय जानसमेत वञ्चित भएका रामबहादुरलाई भरतपुर–१५, फूलबारीस्थित गौतम आधारभूत विद्यालयमा भर्ना गरिदिएका छन् । देवघाट गाउँपालिका वडा नं–४, सिञ्चाङका भुजेलले लामो समयसम्म पनि उपचार नपाउँदा उनको भाँचिएको हड्डी नै बिग्रिएको थियो । अस्पताल आएपछि बिग्रिएको हड्डी फालेर जुटाउने प्रयास गरिएको हस्पिटलले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १०:०१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology