Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

छैठौं कालिका कप –२०८१ सुरु , शहिद लखन गाउँपालिका वडा नं. ४ को बिजयी सुरुवात

छैठौं कालिका कप –२०८१ सुरु , शहिद लखन गाउँपालिका वडा नं. ४ को बिजयी सुरुवात

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
छैठौं कालिका कप –२०८१ सुरु , शहिद लखन गाउँपालिका वडा नं. ४ को बिजयी सुरुवात
images
मुग्लिन, १५ मंसिर – छैठौं कालिका खुल्ला वडा तथा क्लब स्तरीय पूरुष भलिबल प्रतियोगिता–२०८१ आजबाट सुरु भएको छ । श्री कालिका युवा क्लब शहिद लखन गाउँपालिका–३, निभारे गोरखाको आयोजनामा त्रिवेणी मन्दिर, त्रिवेणी मुग्लिन पारी भलिबल कोर्टमा संचालित छैठौं कालिका कप – २०८१ को एक कार्यक्रमकाबीच मनकामना क्षेत्र विकास समितीका अध्यक्ष काजि बाबु श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
 
उद्घाटन खेल आयोजक कालिका युवा क्लब शहिद लखन गाउँपालिका वडा नं.३ र वडा नं. ४ बीच खेल भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो तथा उद्घाटन खेलमा शहिदलखन गाउँपालिका वडा नं. ४ ले आयोजकलाई ३–० को सोझो सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।
 
प्रतियोगिता अन्तर्गत भोलि पनि विभिन्न टिमहरुको खेल हुनेछन । आगामी मंसिर १८ गते सम्म चल्ने प्रतियोगितामा १२ भन्दा बढी टिमको सहभागिता रहेकोे कालिका युवा क्लबका अध्यक्ष तेजिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
 
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु. ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद रु. २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - २२:४६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology