Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आजदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइँदै 

आजदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइँदै 

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
आजदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइँदै 

काठमाण्डौ, २ फागुन । सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतमा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो । उहाँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताउनुभयो । प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिनुभयो । 
भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप विभिन्न चरणमा मानिसहरुलाई लगाउँदै आएको छ । यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो । सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई पनि आजदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ। यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ।खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो। जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।

images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology