Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा करिब ९ लाखमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने

सर्लाहीमा करिब ९ लाखमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
सर्लाहीमा करिब ९ लाखमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने


149363455_242765804119024_5637753885889951689_n.jpg
सर्लाही, १ फागुन । सर्लाहीको हरिवनमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने भएको छ । नेपाल डोरीतान संघ प्रदेश नं। २ को आयोजनामा प्रदेश स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता आयोजना हुन लागेको आयोजकले बताएको छ ।

images

149385237_1064128657431973_488036953935718206_n.jpg
हरिवन नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघ प्रदेश नं। २ का अध्यक्ष प्रभुनारायण शिवाकोटीले सो आयोजना फागुन १७ र १८ गते हुने जानकारी दिनु भयो । आफ्नो स्थापना कालदेखि नै डोरीतान खेल सञ्चालन गरि रहेको संघले नेपालमा पनि यस खेलको विकास तथा विस्तार गरि खेलकुद मार्फत नेपालको उच्च बनाउन सहयोग पुर्याउने उद्धेश्य अनुरुप प्ीतयोगीताको आयोजना गर्न लागेको संघका सचिव तुलसी लुइटेलले बताउनु भयो ।
प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट १÷१ टिम नेपाल राष्ट्रिय भूतपुर्व संनिक संघबाट १ टिमका साथै अन्य ५ टिम गरि १४ टिमको आयोजना हुने प्रतियोगीतामा ९ लाख ३१ हजार खर्च हुने पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवाकोटीले जानकारी गराउनु भयो । खेलाडी,अफिसियल टिम स्वास्थ्यकर्मीहरु गरि २ सय १२ जनाको सहभागीता हुने खेलमा एक टिममा ८ जना खेलाडीर २ जना जगेडा खेलाडी रहने संघले जनाएको छ । डोरीतान खेल तीन चरणको हुने भएपनि संघको आयोजनामा हुन लागेको खेलमा ८ जना खेलाडीको ६ सय केजी तौल हुनु पर्ने खेलको नियम रहेको संघले जनाएको छ । नक आउट प्रक्रियामा खेलाइने खेलमा लगातार दुई पटक विजेता भएका उक्त टिमलाई अर्कौ चरणको प्रतिस्पर्धामा लगिने खेलको नियम रहेको संघका कोषअध्यक्ष उमेश सिहले जानकारी दिनु भयो ।
फागुन १० गतेसम्म आफ्नो टिम दर्ता गर्न सकिने प्रतियोगीतामा प्रथक हुने टिमलाई रु ३० हजार,मेडल,प्रमाण पत्र र ट्रफि र द्धितिय हुनेटिमलाई रु २० हजार मेडल,प्रमाण पत्र र ट्रफि प्रदान गरिने आउाजकले बताएको छ । हरिवन नगरपाकिला ११ को सुर्ति विकास खेल मैदानमा हुने प्रतियोगीता सञ्चालनको लागि हरिवन नगरपालिका लगायत छिमेकी स्थानिय निकायले सहयोग गर्ने आश्वासन दिएका अध्यक्ष शिवाकोटीले जानकारी दिनु भयो । 
 हरिवन नगरपालिकाकी नगर उप प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यतामा आज गरिएको पत्रकार सम्मेलन गरि प्रतियोगी गरिने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा स्थानिय निकायका जनप्रतिनिधिहरु,अधिकारकर्मीहरु लगायत खेलाडी तथा खेल प्रेमीहरुको सहभागीता रहेको थियो । खेलमा सहभागीता जनाउने चाहने टिमले फागुन १० गतेभित्र रु ३ हजार प्रति टिम शुल्क बुझाएर आफ्नो टिम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २२:१४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology