Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो

इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो

images

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो
images

गाजा, कात्तिक २६ । गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका  आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका छन् ।

हिजो बिहानै इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना  घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्स (पीसीएचआर) लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका  सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ । केही दिनदेखि गाजामा इजरायली सेनाले अस्पताल तथा विरामीको उपचार सेवामा हस्तक्षेप गर्दै आइरहेको छ ।

जबलिया र वरपरका तीन अस्पतालहरू इजरायली सेनाले धेरै हप्तादेखि घेरामा परेर खाना, चिकित्सा र इन्धन आपूर्तिमा रोक लगाएका छन् । तर अस्पतालका अधिकारीहरूले उपचार सेवा बन्द गर्न सेनाले दिएको निर्देशनलाई अस्वीकार गर्दै उपलब्ध श्रोत साधनले बिरामीको उपचार गरिरहेका खबरमा उल्लेख छ । 

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०७:१९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology