Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

रामशाहघाटको महादेव मन्दिर परिसरमा एकादशी मेला लाग्ने

रामशाहघाटको महादेव मन्दिर परिसरमा एकादशी मेला लाग्ने

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
रामशाहघाटको महादेव मन्दिर परिसरमा एकादशी मेला लाग्ने
images

गोरखा, २५ कार्तिक । गोरखा नगरपालिका–१३ स्थित रामशाहघाटको ओमकारेश्वर महादेव मन्दिर परिसमा यही कात्तिक २६ र २७ गते एकादशी मेला हुने भएको छ । हरिवोधनी एकादशीको अवसर पारेर भव्य मेला हुने दरौँदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका, गोरखा नगरपालिका र शहीदलखन गाउँपालिका छुने, मस्र्याङ्दी र दरौँदी नदीको संगमस्थल रामशाहघाटमा विशेष मेला लाग्ने उनले बताए । ‘२६ गते बेलुका सत्यनारायण पूजा सहित जागराम हुन्छ’, उनले भने, ‘२७ गते भने पञ्चेबाजा सहित मस्र्याङ्दी नदीमा फूल तार्ने काम हुन्छ । गोरखाको रामशाहटोल र आँबुखैरेनी बजार जोड्ने गरी फुलको डोली तोरण टाँगिनेछ ।’२७ गते टाढा टाढाबाट भक्तजनहरुले पनि फुलको डोली ल्याउने उनले बताए ।


रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न रामशाहघाट पुग्ने गर्छन । तीन वर्ष यता त्यहाँ निरन्तर रुपमा पञ्चेबाजा सहितको जात्रा र पूजापाठ हुन थालेको समितिका अध्यक्ष अधिकारीको भनाई छ । ‘हुन त यहाँ लामो समयअघिदेखिनै पञ्चेबाजा सहितको जात्रा, पूजापाठ हुने गथ्र्यो तर विविध कारणले रोकिएको सो कार्य धेरै समयपछि अहिले पुनः सुरु गरिएको हो’, उनले भने ।

हरिबोधनी एकादशीको अवसरमा हुने पुजापाठ, फुलको डोली टाँग्ने लगायत कार्यक्रममा सहभागी हुन समितिले गोरखा, तनहुँ, लमजुङ, चितवन लगायत आसपासका जिल्लाबासीलाई पनि अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:५१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology