Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली पक्षको भेलामा गएको बस रिजर्भको भाडा तिर्न दोलखाको शैलुङ गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार

ओली पक्षको भेलामा गएको बस रिजर्भको भाडा तिर्न दोलखाको शैलुङ गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार

images

इच्छाकामना न्युज

३०, माघ २०७७
ओली पक्षको भेलामा गएको बस रिजर्भको भाडा तिर्न दोलखाको शैलुङ गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार
images

दोलखा, ३० माघ । ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।  

ओली पक्षको सभाका लागी कार्यकर्ता बोकेर ‘रिजर्भ’ लगिएको बस भाडा गाउँपालिका कार्यालय मार्फत भुक्तानी गर्न नमानेपछि जिल्लाको दक्षिणी शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद शाहलाई कार्यालय भित्रै हातपात प्रयास गरी गाउँपालिका छाडेर जानु भन्दै धम्क्याएका हुन् ।  

अध्यक्षको धम्की र मानसिक यातना पछि प्रमुख प्रशासकीय अधिकृत शाहले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी समक्ष उजुरी दिएका छन् । उजुरीमा शाहले आफुमाथी कार्यालय समय भित्रै अध्यक्षबाट दुव्र्यवहार भएको, मानसिक रुपमा पटक पटक यातना दिएको र काम गर्ने वातावरण नभएको उनले उल्लेख गरेका छन् ।  

स्रोतका अनुसार शाह समक्ष अध्यक्ष दुलालले ओली पक्षको सभामा लगिएको बस भाडा तिर्न र गाउँपालिकामा आयोजना भएको खेलकुद प्रतियोगिताका रेफ्रीलाई दैनिक ८ हजारका दरले भत्ता पाउने गरी पेश भएको भुक्तानीको कागजात अगाडी बढाउन दबाब दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत शाहले बसको गाडी भाडा वापतको रकम भुक्तानी गर्न कार्यालयमा चन्दा शिर्षक नभएको र रेफ्रीलाई दैनिक ८ हजार रुपैंया भत्ता दिन नियमले नमिल्ने भन्दै आनाकानी गरेका थिए । ‘करिब ८० हजार हाराहारीमा बस भाडाको प्रस्ताव र खेलकुद प्रतियोगिताको करिब २ लाख बराबरको बिल भर्पाई पेश भएकोमा हाकीम साप ले १ लाखको बिल नमिलेको भन्दै भुक्तानी दिन आनाकानी गर्नुभयो’ एक कर्मचारीले भने – ‘त्यस पछि उहाँहरु बिच द्धन्द बढ्दै जादा कार्यालय हाता भित्रै धम्की सहित दुव्र्यवहार सम्मको स्थिती बनेको हो’ ।  

ती  कर्मचारीका अनुसार अध्यक्ष दुलालले आफुलाई यस अघि समेत पटक पटक मानसिक दबाब दिदै आएका कारण आफु सरुवा मागेर जाने मनस्थितीमा रहेको शाहले कर्मचारीलाई सुनाउने गरेका थिए ।  

यता शाहले भने कुनै प्रतिक्रिया दिन मानेनन् । ‘मानसिक यातना र दुव्र्यवहार सहन सकिन, त्यसैले हामी सबै कर्मचारीका अभिभावक सिडिओलाई उजुरी दिएको छु’ उनले भने – अहिले मेरो भन्नु केही छैन’ ।  

गाउँपालिका अध्यक्ष दुलाले भने आफुले बस भाडा तिर्न भनेर कुनै दबाब र धम्की नदिएको दाबी गरे । ‘अलि अलि भनाभन भएको हो, तर बस भाडा तिर्न दबाब दिएको होईन’ उनले भने । आफु र वडाध्यक्षहरु सहित गाउँपालिकाका जनप्रतिनिधिले पैसा उठाएर बस रिजर्भ लगेको उनले बताए । दुलालले गाउँपालिकाको दैनिक काम कार्बाहीमा प्रशासकीय अधिकृत शाहका कारण उल्टो समस्या भएको उनले बताए । ‘जिल्ला प्रशासन कार्यालय र माथिल्लो निकायमा उनका कारण गाउँपालिकाको दैनिक कार्य सञ्चालनमा समस्या परेको कुरा जानकारी गराईसकेको छु’ उनले भने ।

शैलुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत यस अघि समेत अध्यक्ष संगको टकरावका कारण छोटो समयमा सरुवा हुँदै आएका थिए । शाह सहित ५ जना अधिकृत मध्ये ४ जनाले ६ महिना भन्दा बढी समय नबिताई सरुवा भएर फर्किएको गाउँपालिकाका एक कर्मचारी बताए ।  

प्रमुख जिल्ला अधिकारी शिवाकोटीले शाहको उजुरी परेको बताए । ‘हिजो आएर अध्यक्षले समेत शाहका कारण काम गर्न नसकेको भन्दै मौखिक उण्जुरी गर्नुभएको छ’, उनले भने, ‘दुवै पक्षलाई राखेर छलफल गर्ने तयारीमा छौं’ ।  

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - १९:४१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology