सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ र पछिका लागि पनि काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। तर, अरूका लागि समय खर्चनुपर्ला। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिवश केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। विद्राेही भावना राख्नेहरूले व्यावहारिक समस्या खडा गर्न सक्छन्, सजग रहनुहाेला।