Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८१
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
images

काठमाडौं, २१ कार्तिक । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए भने २०२० को चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

 

यस पटकको चुनावमा ट्रम्पले डेमोक्रेट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी छ ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित निश्चित भएको छ । राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक हो ।

ट्रम्पले आफ्नो जितलाई सबैभन्दा ठूलो राजनीतिक उपलब्धि बताएका छन् । उनले आफ्नो देशका जनतालाई धन्यवाद दिने क्रममा इजरायल र उक्रेनप्रति इंगित गर्दै अब युद्ध नहुने बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १९:३६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology