Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

योगी नरहरिनाथ गौ संरक्षण केन्द्र देवघाटमा त्रि-दिवसीय सामुहिक गौ पुजन सुरु

योगी नरहरिनाथ गौ संरक्षण केन्द्र देवघाटमा त्रि-दिवसीय सामुहिक गौ पुजन सुरु

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८१
योगी नरहरिनाथ गौ संरक्षण केन्द्र देवघाटमा त्रि-दिवसीय सामुहिक गौ पुजन सुरु
images

देवघाट, कात्तिक १६ । योगी नरहरिनाथ संरक्षण केन्द्र भरतपुर १ देवघाटको आयोजनामा कात्तिक १५ गतेदेखि १७ गतेसम्म सामुहिक गौ पुजन सुरु भएको छ । लक्ष्मी पुजाको अवसरमा गाईको संरक्षण गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।

हिन्दु धर्म र गौमाताको महत्त्व दर्शाउन सबै जना लाग्नुपर्ने ढकालको भनाइ छ । बि.स. २०५२ सालमा राष्ट्र गुरु योगी नरहरिनाथ ज्युबाट गौ संरक्षण केन्द्रको स्थापना गरिएको हो । सो कार्यक्रममा गोरक्षपिठका पिठाधीस योगी शृषनाथको संरक्षक र १८ पूराणका व्याख्याता एवं अन्तरास्ट्रिय कथा व्यास पुजनीय गुरु कुबेर सुबेदीको प्रमुख आतिथ्यता रहनेछ । कार्यक्रममा चितवन सहित विभिन्न जिल्लाका धार्मिक अनुयायीहरुको उपस्थिति रहने आयोजकले बिश्वास लिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - ०९:१०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology