Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मुग्लिन नजिकै ३ नं. पुलबाट वेपत्ता नवलपरासीको विद्यार्थी नारायणी किनारमा शव फेला 

मुग्लिन नजिकै ३ नं. पुलबाट वेपत्ता नवलपरासीको विद्यार्थी नारायणी किनारमा शव फेला 

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८१
मुग्लिन नजिकै ३ नं. पुलबाट वेपत्ता नवलपरासीको विद्यार्थी नारायणी किनारमा शव फेला 
images

मुग्लिन। गत सोमबारदेखि इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नजिकै ३ नं. पुलबाट बेपत्ता भएकी  नवलपरासीकी एक विद्यार्थीको शव नारायणी नदी किनारमा फेला परेको छ ।  नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका ४ लुस्लहरीकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको हो ।

बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उहाँको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्ट गरिएको र शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कदै थिए । फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता हुनुभएकी थिइन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - ०९:०७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology