Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

नेपाली सेनाको रुरु भैरव दल गण भानुबाट एक सय चार जना दीक्षित

नेपाली सेनाको रुरु भैरव दल गण भानुबाट एक सय चार जना दीक्षित

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
नेपाली सेनाको रुरु भैरव दल गण भानुबाट एक सय चार जना दीक्षित
images

तनहुँ १५ कार्तिक । तनहुँको भानु नगरपालिका–१ हात्तीचारमा रहेको नेपाली सेनाको रुरु भैरव दल गणबाट एक सय ४ जना दिक्षीत भएका छन् । 
नौ महिनाको तालिम सम्पन्न गरिसकेपछि बुधबारदेखि सैन्यबाट सिपाहीमा प्रवेश गरेका हुन् । 
पश्चिम पृतना हेडक्वाटरका महासेनानी सरोज कुमार अधिकारीले दिक्षित बनेका सिपाहीहरुलाई शुशोभित एवं सपथ ग्रहण गराउनु भएको थियो । 
सम्बोधनका क्रममा महासेनानी अधिकारीले नेपाली सेनाले “माटोले माग्दैन, आफैंले दिनु पर्छ” भन्ने उद्घोषका साथ पेशाप्रति बफादार, अनुशासित, र कर्तव्यनिष्ठ बन्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो “आफ्नो पेशा अवधिभर कार्य क्षमता,कार्यकौशलता र इमान्दारिताका साथ अघि बढ्न आवश्यक छ ।” 
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, उप–प्रमुख उमा गोतामे, भानु नगरपालिकाका र बन्दिपुर गाउँपालिकाका वडाअध्यक्षहरु, पदिक तथा सकल दर्जा, र दीक्षित भएका परिवारका सदस्यहरुको सहभागिता रहेको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १०:१५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology