Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

तनहुँमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने

तनहुँमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
तनहुँमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने
images

तनहुँ,  १५ कार्तिक।  नेपालीहरुको दोस्रो महान  पर्व दीपावलीको समयमा राती १० बजेसम्म देउसीभैलो तथा नाचगान गर्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बुधबार सूचना जारी गर्दै सो कुराको जानकारी गराइएको हो । 
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसीभैलो, नाचगान जस्ता कार्य शान्तिपुर्वक रुपमा मनाउन प्रशासनले सबैमा आग्रह गरेको छ । 
पटका, आतिसवाजी, झिरझिरे, भुईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्नु हुन र त्यस्ता पदार्थहरुको आयात, ओसारपोसार बिक्रिवितरण समेत नगर्न आग्रह गरिएको छ । 
जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने जस्ता कार्य गर्न पाइने छैन्,उहाँले भन्नुभयो “देउसी, भैलो कार्यक्रम सार्वजनिक यातायात र जिवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा खेल्न भनिएको छ । ”
मादक पदार्थको सेवन गरी होहल्ला, झैझगडा नगर्न तथा भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप गरेको पाइएमा कानुनी कारबाही गरिने प्रशासनले जनाएको  छ । 

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १०:११:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology