Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

नयाँ सहर आयोजना डुम्रेको आर्थिक प्रगति एक प्रतिशत मात्रै

नयाँ सहर आयोजना डुम्रेको आर्थिक प्रगति एक प्रतिशत मात्रै

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
नयाँ सहर आयोजना डुम्रेको आर्थिक प्रगति एक प्रतिशत मात्रै
images

तनहुँ, कार्तिक १४ — नयाँ सहर आयोजना डुम्रे भन्सारले काम गर्न थालेको करिव १० वर्ष बितेको छ । २० वर्षभित्र एक लाख जनसंख्यालाई अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकास गर्ने गरी अगाडि बढेको आयोजनाले हालसम्म एक प्रतिशत मात्रै आर्थिक प्रगति भएको देखाएको छ । 

आइडीपीमा समावेश भएको ४४ अर्व रकममध्ये हालसम्म १ अर्व २६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ करोड ८७ लाख रुपैयाँ मात्र आयोजनाले खर्च गर्न सकेको छ । आयोजनाको भौतिक प्रगति १.५ प्रतिशत भएको छ ।

२०७० सालमा भानु नगरपालिका–१ मा नयाँ सहरी विकास आयोजनाको कार्यालय स्थापना गरिएको थियो । आयोजनाको १० वर्ष वितिसक्दा पनि आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेको छैन ।

कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आर्थिक वर्षसम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख रुपैयाँ खर्च गरेको निमित्त आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । उनले भने, ‘आइडीपीमा समावेश भएको ४४ अर्व रुपैयाँ रकममध्ये एक प्रतिशत मात्र रकम खर्च भएको छ । भौतिक पुर्वाधारहरु क्रमिक रुपमा बन्ने अवस्था रहेकाले हालसम्मको भौतिक प्रगति न्युन नै छ ।’

कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३ करोड ७४ लाख विनियोजन भएकामा २ करोड ३६ लाख, आर्थिक वर्ष २०७३/७४ मा १३ करोड २६ लाख विनियोजन भएकामा ८ करोड ८० लाख, आर्थिक वर्ष २०७४/७५ मा २० करोड ६१ लाख विनियोजन भएकोमा १९ करोड २४ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ९१ लाख, आर्थिक वर्ष २०७६/७७ मा १० करोड २९ लाख, आर्थिक वर्ष २०७७/७८ मा १३ करोड ४९ लाख, आर्थिक वर्ष २०७८/७९ मा १० करोड ८५ लाख, आर्थिक वर्ष २०७९/८० मा १० करोड ४४ लाख र आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्षसम्म एक अर्व २६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ करोड ८७ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा पुँजीगततर्फ १२ करोड ७ लाख र चालुतर्फ एक करोड ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको आयोजना प्रमुख अधिकारीले बताए । बिनियोजित बजेटबाट हालसम्म कुनैपनि रकम खर्च नभएको उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - २२:०४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology