Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

गण्डकी गाउँपालिकाद्वारा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

गण्डकी गाउँपालिकाद्वारा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१३, कार्तिक २०८१
गण्डकी गाउँपालिकाद्वारा  दिपावलीको अवसरमा शुभकामना आदानप्रदान   तथा चियापान कार्यक्रम सम्पन्न
images

गण्डकी, कात्तिक १३ ।  गोरखाको गण्डकी गाउँपालिकाले दिपावली लगायत पर्वहरुको अवसरमा  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।  जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि ,कर्मचारी सञ्चारकर्मी विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । 

शुभकामनाका साथै सबै पक्षबाट सल्लाह सुझाव समेत लिन कार्यक्रम  आयोजना गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले बताउनुभयो । आएका सल्लाह सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गण्डकी गाउँपालिका विकास र सुशानमा धेरै अघि बढेको  बताउनुभयो । समृद्ध गाउँपालिका निर्माण गर्न सबै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो । 
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका सभापति होम बहादुर रानाले  गाउँपालिकाले सबै पक्षलाई समेटेर कार्यक्रम गरेकोमा धन्यावाद दिनुभयो । उहाँले गण्डकी गाउँपालिकाको समृद्धिका लागि सबै पक्षलाई समेटेर लैजान आग्रह गर्दै सम्भव भएसम्म दुई ÷तीन महिनामा एक पटक नभए कम्तीमा  बर्षको दुई पटक भएपनि यसरी सबै पक्षसँग छलफल र बहस गर्न गाउँपालिका अध्यक्ष तिमिल्सिनालाई आग्रह गर्नुभयो ।  
माओवादी केन्द्रका अध्यक्ष दानसिंह गुरुङले शुभकामना मन्तव्य राख्दै गण्डकी गाउँपालिकाको विकासका लागि जनप्रतिनिधिहरुको मात्र नभई राजनितिक दलहरुको पनि भूमिका रहने भएकाले सर्वदलीय बैठक छलफलहरु आवश्यक रहेको बताउनुभयो । यस्ता भेटघाट र छलफल कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको  बताउनुभयो । 
कार्यक्रममा वोल्ने वक्ताहरुले गण्डकी गाउँपालिकाले विकास निर्माणमा फड्को मारे पनि प्रशासनिक भवन बन्ने स्थानको टुंगो नलाग्दा जनप्रतिनिधिहरुले आलोचना खेप्न परिरहेको बताएका थिए । 
वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका प्रतिनिधि राजुबाबु भण्डारीले गाउँपालिकाका सबै जनप्रतिनिधिहरु  विकास निर्माणमा अहोरात्र खटीरहेको बताउनुभयो । विकास निर्माणमा खोट लगाउने कुनै ठाउँ नरहेपनि प्रशासनिक भवनको स्थान विवादले आलोचना खेप्नुपरेको उहाँको भनाई छ ।    कार्यक्रममा स्थानीय निर्माण व्यवसायी  तिल बहादुर गुरुङले पनि  गाउँपालिकाले विकास निर्माणले गति लिए पनि प्रशासनिक भवन टुंगो लगाउन नसक्नु कमजोरी भएको बताउनुभयो । सबै राजनितिक दल जनप्रतिनिधिहरुबिच छलफल गरि सहमतीमा चाँडो भन्दा चाँडो टुंगो लगाउन सुझाव दिनुभयो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।   

images
प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - १०:३९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology