Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रथम गण्डकी महोत्सवमा आज जानकी तारमी मगर र चन्द्र परियारको मुख्य प्रस्तुती

प्रथम गण्डकी महोत्सवमा आज जानकी तारमी मगर र चन्द्र परियारको मुख्य प्रस्तुती

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
प्रथम गण्डकी महोत्सवमा आज जानकी तारमी मगर र चन्द्र परियारको मुख्य प्रस्तुती
images

कात्तिक ११, गोरखा । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु जानकी तारमी मगर, चन्द्र परियार बेलीमाया पुलामी मगर  लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

यस अघि ज्योति मगरको पस्तुती रहने आयोजकले जनाएको थियो । तर  अन्य स्थानमा  समेत आजै  कार्यक्रम सेड्युल रहेका  कारण ज्योतिको  प्रस्तुतीलाई पछिका दिनमा सारिएको आयोजकले जनाएको छ । 
 संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा  बिहिबारदेखि  महोत्सव सुरु भएको हो । 

महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । 
१७ गते सम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरुको प्रतियोगिता,लाखे नाँच प्रतियोगिता,पञ्चेबाजा,चुड्का नाँच प्रतियोगिता, सिप मुलक शिक्षाको विषयमा वक्तृत्वकला, गण्डकी डान्स आइडल,भलिबल  लगायतक प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ।  साथै  प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुती समेत रहने छ । 

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ११:०९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology