आँबुखैरेनी, ११ कार्तिक । ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले आज आइतबार प्रहरी कर्मचारी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आँबुखैरेनी गाउँपालिका-३, स्थित कार्यालय परिसरमा आँबुखैरेनी अस्पतालको सहकार्यमा यस कार्यालय तथा मातहतमा रहेका कार्यरत प्रहरी कर्मचारीहरु एवं हिरासतमा रहेका थुनुवाहरु समेतलाई चिकित्सक सहितको टोलीबाट स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
समाजमा घट्ने विविध घटनाहरुको अनुसन्धान, रोकथाम, नियन्त्रण तथा शान्ति सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई लक्षित गरी स्वस्थ वातावरणमा प्रहरी सेवा प्रदान गर्ने उद्धेश्यले प्रहरी कर्मचारी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार -
१०:५७:२३ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।