Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन

सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन
images

चितवन,कात्तिक ११- चितवन, नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो ।

सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ । पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका माडी निवासी क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रले एक होनाहार युवा गुमाएको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले क्षेत्रीको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १०:३६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology