Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
images

११ कार्तिक, गोरखा । गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउँसी भैलोको कार्यक्रम गर्न अनुरोध गरेको हो ।

नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसरमा जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउँसी भौलौ, नाँचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु राती ९ बजेसम्म मात्र संचालन गर्नुपर्ने सूचनामा भनिएको छ ।

यस्तै, कानुन बिपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक पदार्थहरुको आयात, ओसारपोसार, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य नगर्न समेत प्रशासनको अनुरोध छ ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न, अखाद्य रंग मिलाइएका मिठाई र गुणस्तरहीन खाद्य बस्तुहरुको बिक्री वितरण तथा उपभोग नगर्न, म्याद गुज्रेका भाईमसला, प्लास्टिकजन्य फुलमालाको प्रयोग र बिक्री वितरण नगर्न र व्यवसाय दर्ता नगरी फुटपाथमा व्यापार व्यवसाय नगर्न सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

त्यस्ता गतिविधी गरेको भेटिएमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहाना बिरुद्धको क्रियाकलाप तथा समाजमा अशोभानीय कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले स्वतन्त्र र खुशीयालीपूर्वक चाडपर्व मनाउन, शान्ति शुरक्षा एवं अमनचयन कायम गर्न अनुरोध गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - १०:२१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology