Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कैलालीमा जुवाखालबाट भाग्ने क्रममा एकजनाको मृत्यु

कैलालीमा जुवाखालबाट भाग्ने क्रममा एकजनाको मृत्यु

इच्छाकामना न्युज

११, कार्तिक २०८१
कैलालीमा जुवाखालबाट भाग्ने क्रममा एकजनाको मृत्यु

धनगढी । कैलालीमा एक पुरुषको जुवा खालबाट भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१२ का ४५ वर्षीय करन बिकको भीरबाट लडेर मृत्यु भएको हो।

images

इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जुवाखालबाट भाग्ने क्रममा बिकको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘घटना शुक्रबार राति १० देखि ११ बजेको हो,’ उनले भने, ‘स्थानीय १० जना प्रकाश साउँदको किराना पसलमा जुवा खेलिरहेका रहेछन्। सोही क्रममा प्रहरीको टोली देखेपछि सबै जना भागेका थिए।’

प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरी देखेर भाग्ने क्रममा बिक लडेको कुरा अनुसन्धानबाट खुल्न आएको छ। ‘शनिबार उनी वडा नम्बर १२ कै कोल्मोडास्थित छोट्यास कुलोमा मृत फेला परेका छन्,’ उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको खुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। ‘बिकका परिवारले लडेर मृत्यु भएको भन्दै जाहेरी दिएका छन्,’ उनले भने, ‘मृत्युको अन्य कुनै कारण भए प्रहरीले अनुसन्धान गर्छ।’

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०८:२२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology