Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

जर्जियाको संसदीय निर्वाचनः ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीलाई ५३ प्रतिशत मत

जर्जियाको संसदीय निर्वाचनः ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीलाई ५३ प्रतिशत मत

images

एजेन्सी

११, कार्तिक २०८१
जर्जियाको संसदीय निर्वाचनः ७० प्रतिशत मतगणना हुँदा सत्तारुढ जीडी पार्टीलाई ५३ प्रतिशत मत
images

जर्जियामा संसदीय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारुढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ ।

करीब ४० लाख जनसंख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ । सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रुसको नजिक ल्याउन प्रयासरत छ । यसैले यो निर्वाचनलाई रुस की युरोपको यात्राको जनमत संग्रहको रुपमा ब्याख्या गरिएको छ ।

जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दावी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौँ’ l जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ । अहिलेको सत्तारुढलाई फालेर विपक्षीहरु मिलेर सरकार बनाउनले र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए । मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०८:१२:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology