Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै
images

कात्तिक १०, काठमाण्डौ – बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । आज दिउँसो कोशीप्रदेशसहित देशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना कायमै छ ।

गएराति सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा कतै कतै हल्का वर्षा भएको छ । मनसुन सकिए पनि नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावले कतै कतै छिटपुट पानी पर्ने अवस्था रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । 

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०८:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology