गोरखा, कात्तिक ८ । गोरखाको गण्डकी गाउँपालिकामा दोस्रोे अध्यक्ष कप छात्र÷छात्रा फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा छात्र तर्फ श्री विजया भवानी मावि गण्डकी–१, प्रथम, श्री ज्ञानमार्ग मावि दोस्रो र ताङ्लीचोक मावि गण्डकी–२ तेश्रो भए ।
यसैगरी, छात्रा तर्फ श्री भद्रकाली मावि गण्डकी–६ प्रथम, श्री रत्नेश्वर मावि गण्डकी–५ दोस्रो र श्री ज्ञान मार्ग मावि तृतिय भए । यस्तै, उत्कृट खेलाडी छात्रा तर्फ श्री भद्रकाली माविकी अनिशा गुरुङ र उत्कृष्ट गोल रक्षक भद्रकाली माविकी अस्मिता चेपाङ भए । त्यस्तै, उत्कृष्ट खेलाडी छात्र तर्फ विजया भवानी माविका दिवस वि.क. र उत्कृष्ट गोल रक्षक श्री विजया भवानी माविका श्री मिलन राना मगर भए । प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
