Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको कारवाही गर्न सिफारिस

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको कारवाही गर्न सिफारिस

images

इच्छाकामना न्युज

२९, माघ २०७७
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको कारवाही गर्न सिफारिस
images

दमौ, २९ माघ । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन जिल्ला कार्य समिति तनहुँले सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडाहरुबाट जोशीमाथि कारबाही फुकुवाको सिफारिस आएको भन्दै केन्द्रमा कारबाही फूकुवाका लागि सिफारिस गरेको हो ।

‘जोशी सरबाट कुनै निवेदन आएन,’ पार्टी सभापति बैकुण्ठ न्यौपानेले भने,‘तर वडाबाट कारबाही फुकुवाका लागि सिफारिस आएकाले त्यसलाई केन्द्रमा पठाउने निर्णय गरेका हौं ।’
यस अघि जोशी पक्षका केही नेता र सभापति न्यौपानेबीच कुराकानी भएको चर्चा चलेको थियो । न्यौपानेले त्यसलाई स्विकारे ।

‘केही नेताहरुले पनि फिर्ताका लागि पहल होस् भनेर भन्नुभएको थियो,’ उनले भने,‘पार्टी सभापतिको हैसियतले बदलिंदो परिस्थितिमा कारबाही फुकुवाका लागि सिफारिस हुनुपर्छ भन्ने लागेर सिफारिस गरेका हौै ।’

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ०७:१९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology