Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

रुसबाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी

रुसबाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी

images

एजेन्सी

६, कार्तिक २०८१
रुसबाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी
images

एजेन्सी । युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना मस्को पुगेको भन्दै दक्षिण कोरियाले गम्भीर आपत्ति प्रकट गरेको छ ।

दक्षिण कोरियाले सोमबार रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम लिइरहेको भनिएका उत्तर कोरियाली सैनिकलाई तत्काल देश फर्काउन माग गरेको छ ।

दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार विशेष बलका सैनिकहरू सहित लगभग १५ सय उत्तर कोरियाली सैनिकहरू रूस पुगेका छन् । यो संख्या १२ हजार नाघ्ने केही मिडियाहरुको दाबी छ ।

दक्षिण कोरियाका लागि रुसी राजदूत जर्जी जिनोभिएभसँगको भेटमा दक्षिण कोरियाका उप–विदेशमन्त्री किम होङ–क्युनले यस कदमको निन्दा गर्दै सियोलले “उपलब्ध सबै उपायसहित जवाफ दिने’’ चेतावनी दिएका छन् । रुसी राजदुत जिनोभिएभले मस्को र प्योङयाङबीचको सहयोग “अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र’’ रहेको कुरामा जोड दिए ।

उत्तर कोरियाले रुसी सेनालाई सहयोग गर्न सेना पठाएको आरोप भने उनले पुष्टी गरेनन् । उत्तर कोरियाले भने यस आरोपमा कुनै टिप्पणी गरेको छैन ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - ०८:३४:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology