Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे

भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे

images

इच्छाकामना न्युज

२९, आश्विन २०८१
भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे
images

चितवन, असोज २९ गते । भरतपुरबाट कालिका नगरपालिका जोड्ने मुख्य सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट पूर्वी चितवनको कालिका नगरपालिका हुदै रत्ननगर नगरपालिकासँग जोडिएर पूर्वपश्चिम राजमार्ग जाने सडकमा कालोपत्रे कार्य भएको हो । 

वर्षौदेखि सडक बिग्रदा कालिका नगरपालिका हुदै बैकल्पिक पूर्वपश्चिम राजमार्ग जोड्ने यो मार्गमा आवतजावत गर्न समस्या हुँदैआएको थियो । 

पूर्वी चितवनको  चैनपुर, पिठुवा, खैरहनी, राप्ती नगरपालिका जान यो बाटो छोटो पर्दछ । दसैँमा सवारी साधनको चाप हुने र कालोपत्रे नहुँदा समस्या भएको महसुस गरेर कालोपत्रे गरिएको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । दसैंमा यातायात सहज गराउन मुख्य सडकखण्ड कालोपत्रे कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । 

खगेरी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा.लिले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले विपीचोकदेखि पूर्व वडा नं. ४ जाने सडक पनि कालोपत्रे गरेको छ ।  

दुवै सडक एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गरिएको हो । नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको जानकारी दिनुभयो । यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आश्विन २९, २०८१ मंगलवार - ०८:३९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology