Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ढापटारमा इभी माईक्रो भ्यान र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

ढापटारमा इभी माईक्रो भ्यान र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

इच्छाकामना न्युज

२८, आश्विन २०८१
ढापटारमा इभी माईक्रो भ्यान र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु
images

आँबुखैरेनी, २८ असोज । पृथ्वीराजमार्ग अन्तगर्त आँबुखैरेनी गाउँपालिका–२, ढापटारमा इभी माईक्रो भ्यान र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

images
images

आज बिहान ८ बजेको समयमा डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग.१ ज. ८४१८ नम्बरको इभि भ्यान र बिपरित दिशा तर्फ जादै गरेको गण्डकी एएए ००१५ नम्बरको मोटरसाईकल ढापटार आँबुखैरेनीमा एक आपसमा ठोक्कीएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक गोरखा नगरपालिका– १४, गोप्लिङ्गका भक्त बहादुर नहर्कीलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको र अस्पतालले नहर्कीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

ठक्कर दिने भ्यानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभएको छ । 

images
प्रकाशित मिति :आश्विन २८, २०८१ सोमवार - १४:२७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology