Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

दाहाखानी नयाँगाउँका अशक्त परिवारलाई समाजसेवी पूर्णीमा गुरुङद्वारा दशैं मान्न १५ हजार सहयोग

दाहाखानी नयाँगाउँका अशक्त परिवारलाई समाजसेवी पूर्णीमा गुरुङद्वारा दशैं मान्न १५ हजार सहयोग

images

इच्छाकामना न्युज

२५, आश्विन २०८१
दाहाखानी नयाँगाउँका अशक्त परिवारलाई समाजसेवी पूर्णीमा गुरुङद्वारा दशैं मान्न १५ हजार सहयोग
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित दाहाखानी नयाँगाउँका एक अशक्त परिवारलाई समाजसेवी पूर्णीमाया गुरुङले दशैं मान्न आर्थिक सहयोग गरेका छन् । उनले अशक्त परिवारलाई नगद १५ हजार दशैं मान्नका लागि बुधबार सहयोग प्रदान गरेकी हुन् ।

तमू प्ये ल्हु संघ चितवन महिला जिल्ला कार्यसमितिका उपाध्यक्ष समेत रहेकी समाजसेवी गुरुङले करिब ५ वर्षअघि रुखबाट खसेर ढाँड भाच्चिएका अशक्त पदम बहादुर गुरुङको परिवारलाई दशैं मान्नका लागि पिडितका श्रीमती मनमाया गुरुङलाई आर्थिक सहयोग गरेकी हुन् । 

उनले गत वर्ष पनि सो परिवारलाई दशैं मान्न १० हजार सहयोग गरेकी थिइन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - ०८:२१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology