Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

images

एजेन्सी

२४, आश्विन २०८१
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन
images

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । टाटा समूहका अनुसार उनले दुई दशकभन्दा बढी समयदेखि समूहको नेतृत्व गरेका थिए ।

टाटा भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक थिए । टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । टाटाको मृत्युको घोषणा गर्दै टाटा सन्सका वर्तमान अध्यक्षले उनलाई ‘वास्तवमै असामान्य नेता’ भनेर वर्णन गरेका छन् । उनको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् । उनले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बनाएका छन् । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - ०८:१०:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology