Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तरुण दल गोरखाका अध्यक्ष यम बहादुर थापा निष्कासित

तरुण दल गोरखाका अध्यक्ष यम बहादुर थापा निष्कासित

इच्छाकामना न्युज

२८, माघ २०७७
तरुण दल गोरखाका अध्यक्ष यम बहादुर थापा निष्कासित

गोरखा, २८ माघ । नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निश्काशित गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरी थापालाई तरुण दलबाट निश्कासित गरेको जानकारी गराएका हुन् ।
नेपाल तरुण दलको सिद्धान्त, आदर्श र भावना विपरीत काम गरेकाले निश्कासित गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै संगठन निर्माण कार्यमा सक्रिय नभएको, जिल्लाको नियमित सांगठिनक प्रक्रियामा सहभागी नभएको, केन्द्रबाट गरिएको नीति निर्देशन पालना नगरेको, दलको केन्द्रीय समितिका जिल्लाको सांगठनिक गतिविधिको बारेमा जानकारी नगराएको कारण देखाउँदै थापालाई तरुण दलको अध्यक्षबाट हटाइएको सो विज्ञप्तिमा भनिएको छ ।
उनी निस्क्रिय भएपछि यसअघिदेखि नै तरुण दल गोरखाको कार्यबाहक अध्यक्षको कार्यभार आनन्द गुरुङले सम्हाल्दै आएका थिए ।
थापा केहीबर्षअघि प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा एमाओवादीबाट काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १०:१२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology