याकराङ । चितवनको इच्छाकामना गाउँपालिका ६ याकराङ गाउँमा बडा दशैंको अवसर पारेर दशैं सेभेन ए साईड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीय सिद्धिविनायक युवा क्लबले आयोजना गर्न लागेको उत्त प्रतियोगिता असोज १७ गते घटस्थापनाको दिनदेखि सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ३५ हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितिय स्थान हासिल गर्ने टिमले नगद २० हजार कप, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा सहभागि जनाउने टिमले ३५०० दर्ता शूल्क तिर्नुपर्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक इच्छाकामना गाउँपालिका रहेको छ ।
