Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

निर्माणधिन सुपर त्रिशूली हाइड्रोको एक्साभेटर सहित ६ वटा सवारीसाधन त्रिशुलीले बगायो

निर्माणधिन सुपर त्रिशूली हाइड्रोको एक्साभेटर सहित ६ वटा सवारीसाधन त्रिशुलीले बगायो

images

इच्छाकामना न्युज

१२, आश्विन २०८१
निर्माणधिन सुपर त्रिशूली हाइड्रोको एक्साभेटर सहित ६ वटा सवारीसाधन त्रिशुलीले बगायो
images

मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ६ वटा सवारीसाधन त्रिशूली नदीले बगाएको छ ।

शुक्रवार साँझ ७ : १५ मा ३ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो । साँझ सात बजे २ वटा र राति १० बजे एउटा गरी ३ वटा टिपर त्रिशुली नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै राति १० बजे २ वटा स्काभेटर र १ वटा लोडर पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको थियो ।

ब्लु इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०७:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology