Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक लाख राशिको प्रथम कुरिनटार कप फुटबल प्रतियोगिता सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालले गरे उद्घाटन

एक लाख राशिको प्रथम कुरिनटार कप फुटबल प्रतियोगिता सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालले गरे उद्घाटन

इच्छाकामना न्युज

१०, आश्विन २०८१
एक लाख राशिको प्रथम कुरिनटार कप फुटबल प्रतियोगिता सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालले गरे उद्घाटन
images

कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारमा सर्वाधिक राशीको खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा आजदेखि ‘प्रथम कुरिनटार कप २०८१’ (खुल्ला नकटाउन नाइनए साईड फुटबल प्रतियोगिता) सुरु भएको हो । 

images
images

उद्घाटन खेलमा के ब्वाईज क्लब कुरिनटारले  एपीएफलाई  २–० ले  पराजित गर्‍यो । के ब्वाईज क्लबका लागि  मनोज पुन र बन्धु सिलवालले एक–एक गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच बन्धु सिलवाल घोषित भए । 

461100015_3466666590135026_2800397063149315976_n.jpg

यसैबिच आजै भएको दोश्रो खेलमा भने मोनस्टर फेमली आँबुखैरैनीले सुन्दर बजार लमजुङलाई ५–० ले पराजित गर्‍यो । आँबुखैरेनीका जमिर मास्केले हट्याट्रिक गरे । मास्के खेलको म्यान अफ द म्याच घोषित भए । 

१६ गते सम्म चल्ने प्रतियोगिताको प्रमुख अतिथि बागमतीका प्रदेश वन तथा वातावरणमन्त्री कृष्णप्रसाद  सिलवालले एक कार्यक्रमका बिच खेलको उद्घाटन गरेका हुन् । 

461413318_3466666646801687_790683468829851945_n.jpg

समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, पूर्वअध्यक्ष गीता कुमारी गुरुङ,  विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सुरक्षाका निकाय र संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेका थिए । उद्घाटन कार्यक्रम के व्वाइज क्लबका अध्यक्ष डुपेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १०१ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी,मेडल  र प्रमाणपत्र प्राप्तगर्ने आयोजकले  जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

461320360_3466666580135027_6312375422065269051_n.jpg

यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदानगरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ । 

यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । प्रतियोगिताको मुख्या प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक इच्छाकामाना ४ लेवाटारका बाबुलाल राना मगर रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २१:१३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology