Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना मन्दिर व्यवस्थापन समिति कुरिनटारको अध्यक्षमा भरतराज सिलवाल चयन

इच्छाकामना मन्दिर व्यवस्थापन समिति कुरिनटारको अध्यक्षमा भरतराज सिलवाल चयन

images

इच्छाकामना न्युज

१०, आश्विन २०८१
इच्छाकामना मन्दिर व्यवस्थापन समिति कुरिनटारको अध्यक्षमा भरतराज सिलवाल चयन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा अवस्थित इच्छाकामना मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा भरतराज सिलवाल चयन भएको छ । समितिको आज बसेको एक भेलाले सिलवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

461039446_835112471766424_6198318519887602917_n.jpg

समितिको उपाध्यक्षमा निरन्जना सिलवाल, सचिवमा रामजी त्रिपाठी, कोषाध्यक्षमा गोमा घिमिरे र सह–सचिवमा माधव त्रिपाठी चयन भएको छ ।

461249971_552679650562047_1606837972335570015_n.jpg

समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालको सभापतित्वमा सम्पन्न भेलामा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेती रहेका थिए ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २०:५१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology