उपरदाङगढि । चितवनको पुरानो सदरमुकाम समेत रहेको इच्छाकामना गाउँपालिकाको ऐतिहासिक पर्यटकीय स्थल उपरदाङगढीमा लालिगुरासको बेर्ना रोपिएको छ । गढी स्थल आसपासमा आज एक कार्यक्रमको आयोजना गरि १५० बोट लालिगुरासको बेर्ना रोपिएको हो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा उपरदाङगढि वरपर लालिगुराँस फुलको बेर्ना रोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
गढीलाई थप आकर्षण र व्यवस्थित बनाउनका लागि लालिगुराँस रोपिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । साथै उक्त बेर्नालाई गाउँपालिकाले व्यवस्थापन गरि संरक्षण र हुर्काउने काम गरिने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ का निवर्तमान सांसद कृष्णभक्त्त पोखरेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।