Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पवित्र तीर्थस्थल देवघाटमा धार्मिक महोत्सव हुने

पवित्र तीर्थस्थल देवघाटमा धार्मिक महोत्सव हुने

इच्छाकामना न्युज

२७, भाद्र २०८१
पवित्र तीर्थस्थल देवघाटमा धार्मिक महोत्सव हुने
चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो ।
 
भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक रहने छन् । गैंडाकोट नगरपालिकालाई पनि प्रवद्र्धक लागि आग्रह गरिएको छ ।
 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको एक टोलीले महोत्समा उपस्थित हुनका लागि बागेश्वर बाबा, योगगुरु रामदेव र आचार्य बालकृष्णलाई निम्तो गरेर आएको हो । दिल्लीमा निम्तो गरेपछि उनीहरुकै आग्रहमा हरिद्वार पुगेर बैठक बसी कार्यक्रममा सहभागी हुने निर्णय भएर आफूहरु फर्किएको दाहालले बताइन् । उनीहरु तीन दिनसम्म देवघाटमा रहनेछन् ।
 
महोत्सव आगामी कात्तिक २७ गते ठूली एकादशीबाट पाँच दिनसम्म चल्नेछ । भरतपुर–१ देवघाटस्थित नदी तटीय क्षेत्रमा महोत्सव हुनेछ । प्रमुख दाहालले भनिन्, “महोत्सवमा लाखौंको उपस्थिति रहने र अन्तर्राष्ट्रिय जगतलाई देवघाटको महिमाका बारेमा बुझाउने अवसर मिल्ने छ ।” धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने उनको भनाइ छ ।
 
महोत्सवका संयोजक देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले यो महोत्सव अहिलेसम्मकै यहाँको ठूलो महोत्सव हुने बताए । यो शङ्कर मोचन महायज्ञ भएको भन्दै उनले दैनिक एक लाख बढी भक्तजन आउने अपेक्षा गरिएको बताए ।
 
महोत्सवमा नेपाल र भारतका सन्त महन्त, महामण्डलेश्वर, जगतगुरु, पीठाधिश, धार्मिक गुरुलगायतको उपस्थिति हुने पौडेलको भनाइ छ । यो महोत्सवले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पौडेल बताउँछन् । धार्मिक गुरुहरुको उपस्थितिमा गण्डकी परिक्रमा लगायतका धार्मिक कार्यक्रमसमेत गरिँदै छ ।
 
दाहालसँगै पौडेल र सामाजिक व्यक्तित्व उमाशङ्कर अग्रवाललाई दिल्लीस्थित हाम्रो स्वाभिमान ट्रष्टले सम्मान गरेको थियो । सम्मानपछि उनीहरुले औपचारिक रुपमा धार्मिक गुरुहरुलाई निम्तो दिएका हुन् । सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षको रुपमा मनाइरहेको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म भ्रमण वर्ष सहयोगी बनेको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - २०:४१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology