Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भारतमा रेल्वे ट्र्याकमा रिल बनाउँदै गर्दा रेलले ठक्कर दियो, एकै परिवारका तीनको मृत्यु

भारतमा रेल्वे ट्र्याकमा रिल बनाउँदै गर्दा रेलले ठक्कर दियो, एकै परिवारका तीनको मृत्यु

images

एजेन्सी

२७, भाद्र २०८१
भारतमा रेल्वे ट्र्याकमा रिल बनाउँदै गर्दा रेलले ठक्कर दियो, एकै परिवारका तीनको मृत्यु
images

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खेरीमा रेलको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र तीन वर्षीय बालक रहेका छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरू रेलवे ट्र्याकमा रिल बनाउँदै थिए । इन्डिया टुडेमा प्रकाशित समाचारअनुसार घटना हिजो अर्थात् सेप्टेम्बर ११ को हो ।

बुधबार बिहान ११ बजे उमरिया गाउँ नजिकै घटना भएको हो ।  मृतकहरूको सनाखत भएको छ । मुहम्मद अहमद (उमेर २६ वर्ष), नाजनीन (२४ वर्ष) र तीन वर्षका छोरा अब्दुल्लाहको रेलको ठक्करबाट ज्यान गएको हो । उनीहरू तीनै जना सीतापुर जिल्लाको लाहारपुर शेख टोलामा बस्दै आएका थिए ।

रेलवे ट्र्याकमा छोरासँग भिडियो बनाउने क्रममा रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको समाचारमा उल्लेख छ । पुलमुनि बाइक पार्क गरेर उनीहरू करिब ५० मिटर पर ट्र्याकमा गएका थिए । जब उनीहरू रिल्स रेकर्डिङ गर्दै थिए लखनउबाट मैलानी जाने रेल आयो । उनीहरूले ध्यान दिएनन् । भाग्न खोज्दा धेरै ढिलो भइसकेको थियो । रेलको ठक्करबाट परिवारको घटनास्थलमै मृत्यु भएको हो ।

दुवैलाई सामाजिक सञ्जालमा रिल बनाउने बानी रहेको गाउँपालिका र गाउँका अन्य व्यक्तिले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - ०९:०१:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology