Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अपाङ्गता भएकालाई घरमै परिचपत्र वितरण गर्दै शहिद लखन गाउँपालिका

अपाङ्गता भएकालाई घरमै परिचपत्र वितरण गर्दै शहिद लखन गाउँपालिका

इच्छाकामना न्युज

२६, भाद्र २०८१
अपाङ्गता भएकालाई घरमै परिचपत्र वितरण गर्दै शहिद लखन गाउँपालिका
images

घैरुङ । सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

images
images

“अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो ।”

परिचयपत्र वितरणका लागि गोरखा अस्पतालका ‘मेडिकल अफिसर’ सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठलगायत टोली अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेका थिए । “अपाङ्गता परिचयपत्र दिन ‘मेडिकल रिपोर्ट’ अनिवार्य हुन्छ, त्यसका लागि चिकित्सकसमेत घरमै पठाइएको हो”, उपाध्यक्ष तिवारीले भनिन् । पालिकाभित्रका दुई सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनले बताइन् । जसमा परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छभने दुई सय २४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएकाहरुमा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनले बताइन् । पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो । घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दङ्ग छन् ।

images
प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - ०८:२६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology