Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु

भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु

एजेन्सी

२४, भाद्र २०८१
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु

भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

images

मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको उनले लेखेका छन् । 

प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - ०७:४०:१८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology