Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्ड–नेपाल समूह र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिबीच छलफल 

प्रचण्ड–नेपाल समूह र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिबीच छलफल 

इच्छाकामना न्युज

२७, माघ २०७७
प्रचण्ड–नेपाल समूह र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिबीच छलफल 

काठमाण्डौ, २७ माघ । कानुनी रुपमा विभाजनको नजिक पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीभित्रको विवाद र वास्तविकताका बारेमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेको छ । काठमाडौँमा आज भएको छलफलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरू सहभागी भएका थिए । 
छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिको प्रहार भएको बताउनुभयो । लोकतन्त्रको पक्षमा आफूहरुलाई समर्थन आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अलग–अलग भेटेर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइसेकेको र चाँडै संयुक्त छलफल समेत हुनसक्ने जानकारी दिनुभयो । 
पत्रकारको जिज्ञासामा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । छलफलमा अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल लगायतको उपस्थिति रहेको थियो । 
प्रधानमनात्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेपछि नेकपामा विवाद चुलिँदै गएको छ । विवाद बढ्दै गर्दा आधिकारिकताको लागि दुवै समूहले दावी पेश गर्दै आएका छन् । 

images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १९:२२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology