Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता

images

एजेन्सी

१६, भाद्र २०८१
रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता
images

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडिओमा भनिएको छ, ‘ग्रिनविच समयअनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ। हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए।’

रुसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीले हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्।

एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकप्टर हो जुन रुसमा यातायातका लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

हराएको हेलिकप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।

आपत्‌कालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ।

रुसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन्। यहाँ पातलो वस्ती र कम जनसङ्ख्या छ।

सन् २०२१ को अगस्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो।

सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।

images
प्रकाशित मिति :भाद्र १६, २०८१ आइतवार - ०८:४४:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology