Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी ऎनापहरा बस दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो, १६ घाइतेलाई सेनाको हेलि मार्फत काठमाडौ लगियो

आँबुखैरेनी ऎनापहरा बस दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो, १६ घाइतेलाई सेनाको हेलि मार्फत काठमाडौ लगियो

इच्छाकामना न्युज

७, भाद्र २०८१
आँबुखैरेनी ऎनापहरा बस दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो,  १६ घाइतेलाई सेनाको हेलि मार्फत काठमाडौ लगियो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाकै मृत्यु भएको  जानकारी दिए। 

images
images

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन्।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए। पोखराबाट काठमाडौँका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - १९:०७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology