आँबुखैरेनी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट पालिका बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९।०८० को नतिजा अनुसार आँबुखैरेनी जिल्लामै सर्वोत्कृष्ट पालिका बनेको हो ।
नजिता अनुसार आँबुखैरेनी गाउँपालिकाको नतिजा ८५.७५ अंक रहेको छ । सार्वजनिक भएका मध्य म्याग्दे गाउँपालिका ८४.७५ अंकका साथ दोस्रो, व्यास नगरपालिका ८२.५० अंकका साथ तेस्रो, शुक्लागण्डकी नगरपालिकाको ७२ अंकका साथ चौथो, भिमाद नगरपालिकाको ६३.७५ अंकका साथ पाँचौ स्थानमा रहेका छन् भने अन्य पालिकाको अंक उल्लेखित अवस्थामा रहेका छन् ।

नोट: उल्लेखित समाचारमा आँबुखैरेनी गाउँपालिका प्रथम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक