Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गाउँपालिकातर्फ बेनिघाट रोराङ र नगरपालिकातर्फ निलकण्ठ देशभरमा प्रथम

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गाउँपालिकातर्फ बेनिघाट रोराङ र नगरपालिकातर्फ निलकण्ठ देशभरमा प्रथम

images

इच्छाकामना न्युज

७, भाद्र २०८१
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गाउँपालिकातर्फ बेनिघाट रोराङ र नगरपालिकातर्फ निलकण्ठ देशभरमा प्रथम
images

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२।५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल भएको छ ।

यस्तै मन्त्रालयको वेभसाईटमा ९९।७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा देखिएको बेनीघाट रोराङ विज्ञको मुल्याङ्कन पछि ८७ ।२५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशभरमा प्रथम भएको छ । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक र इन्द्रावती गाउँपालिका तृतिय ८७ अंक सहित सहित दोस्रो भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको यो नतिजाका हिस्सेदार तात्कालिन प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्ल हुन् । हाल उनी सरुवा भएर धादिङकै थाक्रे गाउँपालिकामा कार्यरत छन् उनी कार्यरत रहँदा बेनीघाट रोराङले यो सफलता हात पारेको हो । महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा २०७९÷८० मा बेरुजु शुन्य देखिएको छ । देश भरीबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा पाँच मध्य बेनीघाट रोराङ पनि परेको हो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अन्तिम नतिजा सार्वजनिकीकरण कार्यक्रमका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीलकण्ठ र बेनीघाट रोराङलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, बेनीघाट रोराङका प्रमुख कृष्ण बहादुर थपलिया ९विवेक० प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायत सहभागी थिए ।

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - ०७:५५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology