Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

श्रीलंका जान नेपालसहित ३५ देशलाई भिसा नचाहिने

श्रीलंका जान नेपालसहित ३५ देशलाई भिसा नचाहिने

images

इच्छाकामना न्युज

६, भाद्र २०८१
श्रीलंका जान नेपालसहित ३५ देशलाई भिसा नचाहिने
images

काठमाडौं । श्रीलंका जान अब भिसा नचाहिने भएको छ । बुधबार त्यहाँको मन्त्रिपरिषद बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि नेपाल, भारत लगायत ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा श्रीलंकाका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएका छन् ।

श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूची :
१. बेलायत
२. जर्मनी
३. नेदरल्यान्ड्स
४. बेल्जियम
५. स्पेन
६. अस्ट्रेलिया
७. डेनमार्क
८. पोल्यान्ड
९. काजाकिस्तान
१०. साउदी अरब
११. यूएई
१२. नेपाल
१३. चीन
१४. भारत
१५. इन्डोनेसिया
१६. रुस
१७. थाइल्यान्ड
१८. मलेसिया
१९. जापान
२०. फ्रान्स
२१. अमेरिका
२२. क्यानाडा
२३. चेक गणतन्त्र
२४. इटाली
२५. स्विट्जरल्यान्ड
२६. अस्ट्रिया
२७. इजरायल
२८. बेलारुस
२९. इरान
३०. स्विडेन
३१. दक्षिण कोरिया
३२. कतार
३३. ओमान
३४. बहराइन
३५. न्युजिल्यान्ड

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०८:१९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology